दैलेखमा खोलाले बगाएर १४ वर्षीय बालकको मृत्यु, अन्य दुई जना घाइते

दैलेखमा खोलाले बगाएर १४ वर्षीय बालकको मृत्यु, अन्य दुई जना घाइते

सुर्खेत : दैलेख जिल्लाको आठवीस नगरपालिका–५ को लयपातलमा खोलाले बगाउँदा १४ वर्षको एक बालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय बिर्खबहादुर थापा मगरको छोरा १४ वर्षीय उमेश थापामगर रहेको वडाध्यक्ष बजिरसिहं विकले जानकारी दिए।

उनका अनुसार स्थानीय टेकबहादुर बुढा मगरको छोरा किरण बुढा मगर घाइते भएका छन् भने अर्का बालकको अवस्था सामान्य छ।

अविरल वर्षाले भित्री खोला सिंचाइ आयोजनाको नहरको ड्याम भत्काउँदा खोलामा खेलिरहेका बालबालिकालाई बगाएको मनिराम बुढा मगरले बताए।

घटना स्थलमा अहिले पनि पानी परिरहेको छ।

असार १३, २०८० बुधबार २१:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।