तीन घरमा चोरी गरेपछि पुलिससँग जम्काभेट

तीन घरमा चोरी गरेपछि पुलिससँग जम्काभेट

काठमाडौं : काठमाडौंको कीर्तिपुरमा तीन घरमा चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार विहान तीन बजे कीर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट प्रताप बम्जनलाई पक्राउ गरेको हो।

विहान तीन बजे शंकास्पद रूपमा हिँडडुल गरिरहेका बम्जनलाई पक्राउ गरी खानतलासी गर्ने क्रममा निजले पछाडी बोकेको झोलाबाट च्यानल गेट र झ्याल फुटाउन प्रयोग हुने एल आकारको दुवैतिर चुच्चो भएको १ फिट ८ ईन्च लम्बाई, ८ ईन्च गोलाई भएको फलामको रड बरामद गरेको थियो।

यसका साथै दुईवटा ल्यापटप, दुई हजार रकम तथा बम्जनको साथबाट सामसुङ, रियलमी र आइफोन गरी तीनवटा मोबाइलसमेत बरामद गरेको थियो।

सामान बरामद गरेर प्रारम्भिक सोधपुछ गर्दा उनले कीर्तिपुर वडा नम्बर ८ अन्तर्गतमा २ देखि ३ बजेभित्र तीनवटा घरमा चोरी गरेको खुल्न आएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असार १३, २०८० बुधबार १९:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।