अर्थमन्त्रीको स्पष्टीकरण- फाइभस्टारमा जानेले ५ प्रतिशत कर हेरेर जाँदैन के!

अर्थमन्त्रीको स्पष्टीकरण- फाइभस्टारमा जानेले ५ प्रतिशत कर हेरेर जाँदैन के!

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले फाइभस्टारमा जानेहरूले पाँच प्रतिशत कर नहेर्ने बताएका छन्।

बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले फाइभ स्टार र सोभन्दा माथिको होटलमा जानेहरूले पाँच प्रतिशत कर नहेर्ने बताएका हुन्।

‘फाइभस्टार र त्यसभन्दा माथिमा जाने ग्राहकलाई कर लगाको पर्यटनमै असर गर्नेभो भन्नुहुन्छ,’ उनले भने, ‘फाइभस्टार र त्योभन्दा माथि जानेहरु पाँच प्रतिशत कर हेरेर जाँदैनन् के। बजेट ट्राभलरहरुलाई लगाएको छैन।’

अर्थमन्त्री महतले एकपटकमा १० लाखभन्दा बढीको डाइमन्ड किन्नेहरूका लागि कर लगाइएको बताए।

उनले आलुप्याजमा लगाइएको कर नेपालमा उत्पादनलाई प्रोत्साहित गर्नका लागि लगाइएको स्पष्ट पार्दै सालमन्डमा पनि कर लगाइएको स्पष्ट पारे। फ्रोजन सामग्रीमा लगाइएको करमा सालमन्ड समेटिने उनले बताए।

यसअघि स्वेदशी माछामा कर लगाइएको तर विदेशबाट आउने सालमन्डमा कर नलगाइएको भन्दै आलोचना भएको थियो।

अर्थमन्त्री डा. महतले आफू विचौलियाले भनेको आधारमा कर लगाउने मान्छे नभएको भन्दै आरोपलाई खारेज गरे। कृषि र उद्योगलाई सरकारले संरक्षण गर्ने तरिकाले बजेट ल्याइएको बताए।

असार १३, २०८० बुधबार १८:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।