११ दिनपछि अस्पतालबाट निवास फर्किए राष्ट्रपति पौडेल

११ दिनपछि अस्पतालबाट निवास फर्किए राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज भइ बुधबार निवास फर्किएका छन्।

मुटुमा समस्या देखिएपछि उनी असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

त्यहाँ उनको विभिन्न परीक्षण तथा उपचार भएको थियो। चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि उनीलाई शहीद गंगाला ह्दय केन्द्रमा भर्ना गरेर उपचार गरिएको थियो भने त्यसअघि भारतमा उपचार गरेर फर्किएका थिए।

असार १३, २०८० बुधबार १८:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।