बजेट पारित गर्न मत विभाजन

बजेट पारित गर्न मत विभाजन

काठमाडौं : प्रमुख प्रतिपक्ष एमालेले मागपछि बजेट पारित गर्न संसदमा मत विभाजन भएको छ।

सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेपछि एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले असहमति प्रकट गर्दै प्रतिनिधिसभा नियमावलीको नियम २९ बमोजिम मत विभाजनको माग गरेका थिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक पारितका लागि प्रस्ताव पेश गरेपछि सभामुख घिमिरेले निर्णयार्थ पेश गरे। ध्वनी मतका आधारमा विधेयक पारित भएको पनि घोषणा गरे।

तर बर्तौलाको मागपछि सभामुखले नियमावली बमोजिम मत विभाजन हुने बताएका हुन्। सत्तापक्षका केही दलले संशोधनको माग गर्दै बजेट पारित गर्न नदिने अडान राखे पनि बुधबार बैठक राखेर बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले ह्वीप नै लगाएका छन् भने एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

सत्ता गठबन्धनको जनमत पार्टीले भने विपक्षमा मतदान गर्ने बताएको छ।

असार १३, २०८० बुधबार १६:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।