ललिता निवास प्रकरणमा समातिएका ४ जनालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

ललिता निवास प्रकरणमा समातिएका ४ जनालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

यस प्रकरणमा मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना पक्राउ परेका थिए। तर तीन जनाले सर्वोच्च अदालतबाट स्टे अर्डर जारी गरी छुटकारा पाएका थिए। 

म्याद थप भएकाहरूमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीद्वय,​​​गोपालप्रसाद कार्की र  पूर्वनिर्वाचन आयुक्त तथा सुधीर साह छन्। 

उनीहरू सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा पक्राउ परेका हुन्। 

बिरामी भएपछि उनीहरूलाई अस्पतालबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको (सीआईबी) कार्यालय ल्याएर म्याद थपका लागि लगिएको थियो।

असार १३, २०८० बुधबार १६:१५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।