१६ वर्षमुनिको क्रिकेटमा थाइल्याण्डविरुद्ध नेपाल २२५ रनले विजयी
काठमाडौं : १६ वर्षमुनिको एसीसी मेन्स इस्टर्न रिजन कप–२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो।
जवाफी व्याटिङमा उत्रेको थाइल्याण्ड १३ ओभर २ बलमा ४४ रन बनाएर अलआउट भयो।
नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ५, अशोक धामीले ४ रन खर्चेर ३ र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए।
त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे।
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १र१ विकेट लिए।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया र थाइल्यान्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन्।
असार १३, २०८० बुधबार १४:५०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।