प्रचण्डले संसदमा भने : सामाजिक सञ्जालबाट आएका पुस्तालाई युद्धबारे थाहा छैन

प्रचण्डले संसदमा भने : सामाजिक सञ्जालबाट आएका पुस्तालाई युद्धबारे थाहा छैन
फाइल तस्वीर

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक सञ्जालबाट आएका पुस्तालाई युद्धबारे थाहा नभएको टिप्पणी गरेका छन्। 

बुधबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भने, मतदाताका रूपमा नयाँ पुस्ता तयार भइसकेको छ, जसले युद्धको विभिषिका देख्नुपरेन,विद्यालयमा पुग्न तीन चार घण्टा पैदल हिँड्नुपरेन, त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट टेलिफोन, काटेर एअरपोर्ट सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन।'

त्यस क्रममा माओवादीका सांसदहरूले टेबुल ठोकेका थिए। मिडियामा उन्मुक्त पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजेको पनि प्रचण्डले आरोप लगाए।

उनले भने, ‘बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिङ्गो संसद् एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ।’

असार १३, २०८० बुधबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।