वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्न मलाई संसद जनताको समर्थन चाहिन्छः प्रधानमन्त्री
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्न आफूलाई सदन र आम जनताको समर्थन आवश्यक परेको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यो शुद्धीकरण यतिमा नरोकिने र निरन्तर अगाडि बढ्ने बाचा गरे।
'हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ। वर्षौँदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थन र आवश्यकता रहेको मैले महसुस गरेको छु।'
यो लडाइँमा आफूलाई सदन र आम जनताको हौसला र सहयोग प्राप्त आफूले विश्वास लिएको पनि उनले बताए।
'कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अगाडि बढाइने र लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ पनि रहनेछ', उनले बताए।
असार १३, २०८० बुधबार १३:२७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।