नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको फेसबुकमा अश्लील सामग्री

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको फेसबुकमा अश्लील सामग्री

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीको फेसबुक पेजमा अश्लील सामग्रीहरू पोस्ट भएका छन्। 

सन् २०१५ जुन ९ मिति उल्लेख गरिएको भिडियोमा अन्य १२ जनालाई ट्याग गरिएको छ। 

अधिकारीको फेसबुक पेज ह्याक भएको हो वा अन्य केही कारणले यस्तो भएको बारे उनीसँग बुझ्न खोजे पनि सम्पर्क हुन सकेन। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उनलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। जवाफमा उनले सामाजिक सञ्जाल फेसबुकका पानामा पोस्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए। 

मंगलबार मन्त्री किरातीलाई यस्तो बताएका अधिकारीको फेसबुक पोस्टमा बुधबार अश्लील सामग्री भेटिएको हो। 

असार १३, २०८० बुधबार १२:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।