पाँचथरमा विषाक्त च्याउ खाँदा ९ जना बिरामी, उपचारार्थ झापा लगियो

पाँचथरमा विषाक्त च्याउ खाँदा ९ जना बिरामी, उपचारार्थ झापा लगियो

पाँचथर : विशाक्त च्याउ खाँदा पाँचथरमा नौ जना बिरामी परेका छन्।

कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्। 

कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। 

उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ। 

असार १३, २०८० बुधबार ११:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।