३० दिनभित्र विवरण पेस गर्न सबै सहकारीलाई महानगरको निर्देशन

३० दिनभित्र विवरण पेस गर्न सबै सहकारीलाई महानगरको निर्देशन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको सहकारी विभागले आज एक सूचना जारी गर्दै साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत विवरण एक महिनाभित्र बुझाउन निर्देशन दिएको हो। 

सूचनाकफ मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने पनि चेतावनी दिइएको छ। 

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिम विवरण समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा  सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ। 

असार १३, २०८० बुधबार ११:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।