अमेरिकन युट्युबरले बनाए सात फिट लामो आइफोन, विश्वको सबैभन्दा लामो भएको दाबी

अमेरिकन युट्युबरले बनाए सात फिट लामो आइफोन, विश्वको सबैभन्दा लामो भएको दाबी

अमेरिकी युट्युबर म्याथ्यु बीमले ७ फिट अग्लो विश्वको सबैभन्दा ठूलो आईफोन बनाएको दाबी गरेका छन् ।

आफूले युट्युबमा केही ठूला निर्माणहरू सिर्जना गरेर अपलोड गरेको उनले बताएका छन्। आफ्नो सीप परीक्षण गर्न संसारको सबैभन्दा ठूलो काम गरेको उनको भनाइ छ। 

यसअघि सन् २०२० मा ज्याक सेह (Zach Hsieh) ले ६ फिट लम्बाइ भएको विश्वको सबैभन्दा ठूलो आईफोन बनाएको दाबी गरेका थिए। यद्यपि आधिकारिक रूपमा आइफोन १४ प्रो म्याक्स अहिले सबैभन्दा ठूलो आईफोन हो, जसको उचाइ ६.३३ इन्च छ।

म्याथ्यू र उनको टोलीले टच स्क्रिन टीभीसहितको ७ फिट अग्लो आइफोन डिस्प्ले बनाएका हुन्। जसलाई म्याक मिनीसँग जोडिएको छ। ओरिजिनल आइफोनजस्तै यसको साइड र ब्याक प्यानल डिजाइन गरिएको छ, जसमा म्याट फिनिश दिइएको छ।

यससँगै यसमा लक, भोल्युम अप डाउन बटन र म्युट बटन पनि दिइएको छ, जसले काम पनि गरेको छ। 

७ फिटको आइफोनले सामान्य आइफोन जस्तै काम गरेको छ। युट्युबर म्याथ्यूले फोनले अलार्म सेट गर्ने, सबै एपहरू प्रयोग गर्ने र एप्पल प्लेमार्फत भुक्तानी गर्नेलगायतका वास्तविक आइफोनका सबै सुविधाहरू राखिएको बताएका छन्।

ती युट्युबरले फोनबाट सेल्फी लिए र भिडियो कल गरेर पनि देखाएका थिए।

असार १३, २०८० बुधबार ०८:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।