यी चार टोली विश्वकपको सेमिफाइनल पुग्छन् : वीरेन्द्र सहवाग

यी चार टोली विश्वकपको सेमिफाइनल पुग्छन् : वीरेन्द्र सहवाग

काठमाडौं : भारतीय क्रिकेटर वीरेन्द्र सहवागले भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने चार टोलीको अनुमान गरेका छन्।

विश्वकप २०२३ को खेलतालिका र स्थान सार्वजनिक गर्न गरिएको कार्यक्रममा क्रिकेटर सहवागले सेमिफाइनलमा पुग्ने चार टोलीको भविष्यवाणी गरेका हुन्।

उनले सेमिफाइनलका लागि अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत र पाकिस्तानको नाम लिएका छन्।

कार्यक्रममा आईसीसीका सीईओ ज्योफ एलार्डिस, बीसीसीआई सचिव जय शाह, श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलीधरन पनि उपस्थित थिए।

विश्वकप २०२३ अक्टोबर ५ देखि अहमदाबादमा सुरु हुनेछ भने फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ जसमा आठ टोलीले सिधै प्रवेश पाएका छन् भने दुई टोलीले टुंगो जिम्बावेमा जारी विश्वकप छनोटपछि हुनेछ।

अहमदाबाद, चेन्नई, बेंगलुरु, हैदरावाद, तिरुवनन्तपुरम, मुम्बई, पुणे, लखनउ, दिल्ली, गुवाहाटी, कोलकाता र धर्मशाला समावेश गरी १२ सहरमा खेलहरू हुनेछन्।

असार १२, २०८० मंगलबार १९:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।