तालिबान आएपछि अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु

तालिबान आएपछि अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु

एजेन्सी : तालिबान सत्तामा आएपछि अफगानिस्तानमा एक हजारभन्दा बढी नागरिक मारिएका छन्।

संयुक्त राष्ट्रको कार्यालयको रिपोर्ट अनुसार २०२१ मा तालिबान सत्तामा आएपछि बम विष्फोट र अन्य हिंसाका घटनामा एक हजारभन्दा बढी अफगान नागरिकको मृत्यु भएको जनाएको हो।

प्रतिवेदनका अनुसार १५ अगस्ट २०२१ देखि यसवर्षको मे बीचमा १ हजार ९५ सर्वसाधारणको मृत्यु भएको छ भने २ हजार ६ सय ७९ जना घाइते भएका छन्।

यी आक्रमणका सम्बन्धमा प्रतिवेदनमा अफगानिस्तानका धार्मिक स्थल र हजारा समुदायलाई निशाना बनाइएको बताइएको छ।

मस्जिद, शैक्षिक केन्द्र र बजार जस्ता सार्वजनिक स्थानहरूमा आत्मघाती बम विस्फोट र आईईडी विष्फोटका कारण सबैभन्दा बढी मृत्यु भएको छ।

तालिबान आएपछि देशमा सशस्त्र लडाइँमा कमी आए पनि इस्लामिक स्टेटको खोरासान शाखाको सुरक्षा चुनौती भने कायमै छ।

राष्ट्रसंघको कार्यालयका अनुसार देशमा भएका धेरैजसो हमलामा यो संगठनको हात रहेको थियो। प्रतिवेदनमा तालिवानको आगमनपछि देशमा आत्मघाती हमलाको संख्या तीव्र रूपमा बढेको बताइएको छ।

तालिबानले उनीहरूले अफगानिस्तानलाई सुरक्षित राखेको र हालका महिनाहरूमा इस्लामिक स्टेटका कारण मानिसको मृत्यु भइरहेको जनाएको छ।

असार १२, २०८० मंगलबार १९:४६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।