विश्वकप छनोटमा श्रीलंका लगातार चौथो जित, स्कटल्यान्ड ८२ रनले पराजित
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले समूह चरणको चारै खेलमा जित हात पारेको छ।
मंगलबार जिम्बावेको बुलाभायोमा भएको अन्तिम खेलमा २४५ रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डलाई २९ ओभरमा १६३ रनमा सीमित बनाउँदै श्रीलंकाले ८२ रनले खेल जितेको हो।
स्कटल्यान्डका लागि क्रिस ग्रियभ्सले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले।
त्यसबाहेक क्रिस्टोफर म्याकबिडले २९, क्रिस सोलले १७, मार्क वाटले १४, रिचि बेरिङ्गटनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकाका महीश थीक्सानाले तीन, वानिन्दु हसरंगाले दुई तथा दसुन सनाका, कसुन रजिथा र लाहिरु कुमाराले समान एक–एक रन लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले ४९.३ ओभरमा अलआउट हुँदै २४५ रनमा समेटियो। उसका लागि पथुम निस्सान्काले ७५ र चरिथ असालन्काले ६३ रनको अर्धशतकीय पारी खेले।
सदीरा सामराविक्रमाले २६, धनन्जय डी सिल्भाले २३ र वानिन्दु हसरंगाले १५ रन बनाउँदा महीश थीक्सना १६ रनमा अविजित रहे।
स्कटल्यान्डका क्रिस ग्रिएभ्सले चार, मार्क वाटले तीन, क्रिस सोलले दुई र अलाइदैर इभान्सले एक विकेट लिए।
जितसँगै समूह ‘बी’को विजेताको रुपमा श्रीलंका सुपर सिक्समा प्रवेश गरेको छ भने उसको विश्वकपमा पुग्ने सम्भावनासमेत उच्च भएको छ।
असार १२, २०८० मंगलबार १९:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।