राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना

काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना नियुक्त भएका छन्।

विभागको महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा फिर्ता बोलाइएको छ।

ढुङ्गाना प्रधानमन्त्रीका निजी सचिवको रूपमा कार्यरत थिए। विभाग प्रधानमन्त्रीको मातहत रहेको निकाय हो। एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीकालमा विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने निर्णय भएको थियो।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको पालामा उनी वीरगन्ज भन्सार प्रमुख भएका थिए। 

असार १२, २०८० मंगलबार १९:१२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।