ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन जनालाई छाडिँदै

ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन जनालाई छाडिँदै

काठमाडौं : ललिता निवास जग्गा अनियमितता प्रकरणमा पक्राउ परेकामध्ये तीन जनालाई प्रहरीले मंगलबार नै छाड्ने भएको छ।

पक्राउ परेकामध्ये मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, भूपेन्द्रमणि केसी र सुरेन्द्रमान खपालीलाई मंगलबार नै छाड्न लागेको हो।

उनीहरू तीन जनाले अदालतबाट पक्राउ नगर्न/नगराउन भनी आदेश लिएको प्रमाण पेश गरेपछि उनीहरूलाई आजै छाड्न लागिएको हो।

अब उनीहरूलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

यस प्रकरणमा प्रहरीले मंगलबार मात्रै ७ जनालाई पक्राउ गरेको छ।

असार १२, २०८० मंगलबार १८:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।