प्रतियोगिताबाट बाहिरिएपछि नेपाललाई सान्त्वना जित

प्रतियोगिताबाट बाहिरिएपछि नेपाललाई सान्त्वना जित

काठमाडौं : १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले सान्त्वना जित निकालेको छ।

भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा मंगलबार भएको खेलमा पाकिस्तानलाई १–० गोलले हराउँदै नेपालले जित सान्त्वना जित निकालेको हो।

नेपालका लागि खेलको ७९औं मिनेटमा आशिष चौधरीले गोल गरे।

डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै पाकिस्तानको गोलपोस्टको जाली चुमेको हो। चौधरीको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल हो।

जितसँर्गै नेपालले प्रतियोगिताको सुःखद् अन्त्य गरेको छ। समूह ‘ए’ मा रहेको नेपाल यसअघिका दुई खेलमा पराजित भएको थियो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कुवेत र दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल ३ अंकका साथ तेस्रो स्थानमा रहँदा पाकिस्तान अंकविहीन रह्यो।

असार १२, २०८० मंगलबार १८:३३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।