मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवन : चितवनमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२९ मुग्लिङस्थित सडकमा बागमती प्रदेश ०२-४० प ०५५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना एक जनाकाे मृत्यु भएको हाे।

मृत्यु हुनेमा रसुवाको उतरगया गाउँपालिका-४ बस्ने २१ वर्षीय राजेश पौडेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार १२, २०८० मंगलबार १८:२४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।