अदालत आदेश नमान्ने अभिब्यक्तीमा बालेनविरुद्ध मुद्दा दर्ता, सर्वोच्चले माग्यो लिखित जवाफ

अदालत आदेश नमान्ने अभिब्यक्तीमा बालेनविरुद्ध मुद्दा दर्ता, सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो।

यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरू कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।

मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएकोसमेत टिप्पणी गरेका थिए।

हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए। 

उनले लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

असार १२, २०८० मंगलबार १८:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।