साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालको अग्रता

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालको अग्रता

काठमाडौं : भारतमा जारी साफ च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानविरुद्ध अग्रता बनाएको छ।

मंगलबार भएको खेलको ७९औं मिनेटमा आशिष चौधरीले नेपालका लागि पहिलो गोल गरेका हुन्।

डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै पाकिस्तानको गोलपोस्टको जाली चुमेको हो। चौधरीको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु खेल हो।

यसअघि भएका दुई खेलमा पराजय भोगेको नेपालले तेस्रो खेलमा पाकिस्तानविरुद्ध अग्रता बनाएको हो।

असार १२, २०८० मंगलबार १७:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।