विश्वकप छनोटमा आयरल्यान्डले युएईलाई दियो ३५० रनको विशाल लक्ष्य

विश्वकप छनोटमा आयरल्यान्डले युएईलाई दियो ३५० रनको विशाल लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’को खेलमा आयरल्यान्डले युएईलाई ३५० रनको विशाल लक्ष्य दिएको छ।

जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४९ रन बनाएसँगै युएईले ३५० रनको लक्ष्य पाएको हो।

उसका लागि पल स्ट्रर्लिङले १६२ रनको शतकीय पारी खेल्दा एन्डी बलबिनले ६६ र ह्यारी टेक्टरले ५७ रनको अर्धशतकीय पारी खेले। यस्तै, एन्डी म्याक्ब्रिनले २४ रन बनाउँदा लोरकान टुकर र जर्ज डकरेल क्रमशः १९ र १५ रन बनाएर अविजित रहे।

युएईका सचित शर्माले तीन तथा अली नासीरले एक विकेट लिए।

यी दुवै टोली सुपर सिक्सको दौडबाट बाहिरिसकेका छन्। जित्ने एक टोलीले आफ्नो समूहमा चौथो स्थान बनाउनेछ।

असार १२, २०८० मंगलबार १७:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।