स्कटल्यान्डविरुद्ध श्रीलंका २४५ रनमा अलआउट
काठमाडौं : आईसीसी विश्वकप छनोटअन्तर्गतको समूह ‘बी’को खेलमा श्रीलंकाले स्कटल्यान्डलाई २ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ।
जिम्बावेको क्विन्स स्पोर्ट्स पार्क बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो।
श्रीलंकाका ओपनर पाथुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको योगदान दिए।
चरिथ असलंका ६५ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा आउट भए। ओपनर दिमुथ करुणारत्ने क्रिस सोलको बलमा ७ रनमा बोल्ड आउट भए।
सोलको बलमा कुशल मेन्डिस एक रनमा माइकल लिस्कबाट उत्कृष्ट क्याच आउटको शिकार बने।
सदिरा समाराविक्रमा ३५ बलमा ४ चौकासहित २६, धनन्जय डि सिल्भा २३ र दासुन शानका शून्यमा डक आउट भए। वानिन्दु हसरंगा १५ र महेश थिक्सेनाले १६ रन बनाए।
स्कटल्यान्डका स्पिनर क्रिस ग्रेभ्सले चार, मार्क वाटले तीन र क्रिस सोलले दुई विकेट लिए।
असार १२, २०८० मंगलबार १७:०३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।