किन नेपाल आए चिनियाँ धनाढ्य ज्याक मा?

किन नेपाल आए चिनियाँ धनाढ्य ज्याक मा?

काठमाडौं : विश्वका धनाढ्य मध्येका एक चिनियाँ व्यवसायी ज्याक मा नेपाल आएका छन्।

विश्व प्रसिद्ध इ-कमर्श कम्पनी अलिबाबा ग्रुपका संस्थापक मध्येका एक उनी मंगलबार दिउँसो काठमाण्डौं आइपुगेका हुन्।

चीनबाट बंगलादेश हुँदै काठमाडौं आएका उनी बोइङ ७३७ म्याक्स निजी विमानबाट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागले जनाएको छ।

उनको यो भ्रमण बारे आधिकारिक जानकारी गराइएको छैन। तर ज्याक माको यो व्यापारिक भ्रमण रहेको जानकारी प्राप्त भएको छ। साथै उनले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

सन् २०२३ जुन महिनामा उनी चीनका चौथो तथा विश्व कै ३९ औं धनी व्यक्ति हुन्।

असार १२, २०८० मंगलबार १६:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।