१ करोड ३० लाखको स्रोत खुलाउन नसकेपछि जनस्वास्थ्य निरीक्षकमाथि भ्रष्टाचार मुद्दा दायर

१ करोड ३० लाखको स्रोत खुलाउन नसकेपछि जनस्वास्थ्य निरीक्षकमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिका तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर गरेको छ।

आम्दानी र खर्चको हिसाब गर्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध काठमाडौंको बबरमहलस्थित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो।

मिश्रले सेवा सरकारी सेवा प्रवेश गरेको२०५७ असार ८ गतेदेखि २०७८ कात्तिक २६ गतेसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड ३०लाख ४५ हजार ७६० रूपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

असार १२, २०८० मंगलबार १६:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।