न्यायाधीशले पैसा खाएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका कोशीका मन्त्रीविरुद्ध मुद्दा दर्ता

न्यायाधीशले पैसा खाएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका कोशीका मन्त्रीविरुद्ध मुद्दा दर्ता

अदालतको अवहेलना तथा मानहानि गरेको आरोपमा  कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध मुद्दा दर्ता भएको छ। 

अधिवक्ता उद्धवचन्द्र घिमिरेले मंगलवार उच्च अदालत विराटनगर अदालतमा मुद्दा दर्ता गराएका हुन्। मन्त्री राजभण्डारीलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ।

मन्त्री राजभण्डारीले गत आइतबार न्यायाधीशले पैसा खान्छन् भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। 

विराटनगरको एक निजी कलेजमा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पैसा दिएर न्यायाधीशले आदेश गरेको बताएका थिए। 

असार १२, २०८० मंगलबार १६:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।