अमेरिका : उबर चालकको कञ्चटमा किन चलाइन् महिलाले गोली?

अमेरिका : उबर चालकको कञ्चटमा किन चलाइन् महिलाले गोली?

एजेन्सी : अमेरिकामा एक महिलामाथि ट्याक्सी भाडामा दिने कम्पनी उबरका चालकको हत्या गरेको आरोप लागेको छ।

कारमा बसेकी महिलाले आफूलाई अपहरण गर्न लागेको आशंका गरेपछि झोलाबाट पेस्तोल निकालेर चालकको टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।

वास्तवमा, फोबी कुबास नामकी एक महिला अमेरिकी सहर टेक्सासमा एक साथीलाई भेट्न गइरहेकी थिइन्। यस सहरको सिमाना मेक्सिको देशसँग जोडिएको छ।

प्रहरीका अनुसार कारमा जाने क्रममा महिलाले सडकमा एउटा बोर्ड देखेकी थिइन् र त्यो बोर्ड देख्नेबित्तिकै उनले आफूलाई अपहरण गरेर मेक्सिको ल्याएको आशंका गरेकी थिइन्।

यस्तो अवस्थामा महिलाले आफ्नो झोलाबाट पेस्तोल निकालेर ५२ वर्षीय चालक डेनियल बेद्रा गार्सियाको टाउकोमा गोली हानेकी थिइन्।

प्रहरीका अनुसार अनुसन्धानमा महिलालाई अपहरणको प्रयास गरेको नदेखिएको र चालकले महिलालाई लिएपछि कुनै पनि गलत बाटो प्रयोग नगरेको बताइन्।

असार १२, २०८० मंगलबार १५:३७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।