ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त सुधीर साह पनि पक्राउ

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त सुधीर साह पनि पक्राउ

काठमाडौँः ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई धुमबाराहीस्थित निवासबाटै पक्राउ गरेको हो। पूर्वसहसचिवसमेत रहेका उनी भक्तपुर मालपोत कार्यालयमा पनि कार्यरत थिए।

ललिता निवासको जग्गा उनकी श्रीमतीको नाममा पनि भेटिएपछि सीआईबीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। यसअघि सीआईबीले भाटभटेनी सञ्चाकल मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई समेत पक्राउ गरिसकेको छ। 

असार १२, २०८० मंगलबार १५:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।