टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार विहान स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा विहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश–०१–००१ क २२०० नम्बरको टिपरले विपरीत दिशाबाट आँउदै गरेको से ४ प २२७९ नम्बरको मोटरसाइकललाई विहान ६ बजे ठक्कर दिएको थियो।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार १२, २०८० मंगलबार १४:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।