उपचारका लागि आएकी महिला मेडिकलमै बलात्कृत, सञ्चालक पक्राउ

उपचारका लागि आएकी महिला मेडिकलमै बलात्कृत, सञ्चालक पक्राउ

कञ्चनपुर : ४५ वर्षीया महिलालाई जबरजस्ती करणीको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन्। उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार १२, २०८० मंगलबार १४:३८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।