‘मेरो एक्सको छम्मा’ पछि हाउडे मायाले ल्याइन् ‘शिकारी नारी’

‘मेरो एक्सको छम्मा’ पछि हाउडे मायाले ल्याइन् ‘शिकारी नारी’

काठमाडौं : अभिनेता राज कटुवाल र गायिका सिर्जना खत्री (हाउडेमाया)अभिनित म्युजिक भिडियो ‘शिकारी नारी’ सार्वजनिक भएको छ।

सिर्जना आफैले गाएको यस गीतमा गायक प्रताप दासले गायनमा साथ दिएका छन्। गीतको शब्द र संगीत सिर्जना आफैले गरेकी हुन्। 

युट्युबको टप ट्रेन्डिङमा रहेको यस गीतलाई समाचार तयार पार्दासम्म ८० हजार ५ सय ९० ले हेरिसकेका छन् भने ४ सय ५८ जनाको प्रतिक्रिया आएको छ। जसमा अधिकांशले गीत मन पराएका छन्। 

नरेशनाथ योगीको निर्देशन रहेको भिडियोमा  प्रजित तामाङको छायांकन र सम्पादन रहेको छ। 

लण्डनबाट नेपाल आएका युवा र युवतीबीचको कुराकानीलाई रोमाञ्चक रूपमा भिडियोमा र्याप शैलीमा प्रस्तुत गरिएको देख्न सकिन्छ।

मैथिली भाषामा रहेको पुरुष स्वरको र्यापलाई पूर्णिमा शाहले अनुवाद गरेकी हुन्। यसअघि सिर्जनाको ‘मेरो एक्सको छम्मा’,‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’ सार्वजनिक भएको थियो। जुन युवापुस्तामा निकै लोकप्रिय समेत बनेको थियो।

 

असार १२, २०८० मंगलबार १४:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।