बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बकर ईदको अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।

यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ।

​​​​​​​

असार १२, २०८० मंगलबार १४:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।