महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ॐ आश्रमका सञ्चालक पक्राउ

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ॐ आश्रमका सञ्चालक पक्राउ

काठमाडौं : ॐ आश्रमका सञ्चालक शिव सुतक गौरी भक्त भनिने पुरुषोत्तम काफ्ले महिलामाथि यौन दुर्व्यवहार गरेको र ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

करिब चार हजार महिलालाई ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनी विरुद्ध २० जना महिलाले ब्यूरोमा जाहेरी दिएका छन्।

पीडित महिलाका अनुसार महिला भक्तका अगाडि उनी नाङ्गै बस्ने, आफ्नो दैविक शक्तिले बालबच्चा र श्रीमान्लाई क्षति पुर्याइदिने भनेर धम्क्याउँदै पैसा र सुन समेत लिने गरेको खुलेको छ।

असार १२, २०८० मंगलबार १४:०१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।