धमाधम पक्राउ पर्दै ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू

धमाधम पक्राउ पर्दै ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू

काठमाडौं : ललित निवास जग्गा प्रकरणमा मुछिएकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धमाधम पक्राउ गर्न थालेको छ।

यस प्रकरणमा सीआईबीले मंगलबार भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अन्य ४ जना आरोपीलाई पक्राउ गरेको छ। भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहेका तत्कालीन कर्मचारीहरू पक्राउ परेका हुन्। 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई सीआईबीले नियन्त्रणमा लिएको जनाएको छ। 

२०४९ साल २०६६ सम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा रहँदा उनीहरूले राजनीतिक, प्रशासनिक, व्यापारिक र भुमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

केहीबेर अघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई सीआईबीले नियन्त्रणमा लिएको थियो।

असार १२, २०८० मंगलबार १३:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।