जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेका छन्।

सरकारको तर्फबाट मंगलबार संसद्मा प्रतिवद्धता जनाउँदै उनले जिल्ला निर्वाचन कार्यालयहरु हाल जसरी चलिरहेको छ त्यसरी नै रहने बताए।

‘निर्वाचन आयोग अहिले जस्तो छ, त्यस्तै रहन्छ। यसलाई हटाउन खोजेको भन्ने कुरामा कुनै सत्यता छैन। यो खारेज हुँदैन। यसको स्वतन्त्रतामा कुनै सम्झौता हुने छैन,’ उनले भने।

जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्न लागिएको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसद् अवरुद्ध गरेका थिए।

असार १२, २०८० मंगलबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।