विहारमा डकैती गर्न गएका सर्लाहीका २ युवाको भारतीय प्रहरीको इन्काउन्टरमा मृत्यु

विहारमा डकैती गर्न गएका सर्लाहीका २ युवाको भारतीय प्रहरीको इन्काउन्टरमा मृत्यु

काठमाडौं : भारतीय प्रहरीको इन्काउन्टरका विहारमा सर्लाहीका दुईजनाले युवाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

इण्डिया टुडेका अनुसार विहारको पूर्वी चम्पारणमा रहेको घोरासहन थानाका सुरक्षाकर्मीले चलाएको गोली लागेर नेपालका दुई जनाको मृत्यु भएको बताइएको छ। 

मृत्यु हुनेमा लालबन्दी नगरपालिका-२, पुनर्वासका दुई जना युवा रहेको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय सुरक्षाकर्मीको कारबाहीमा सर्लाहीका दुई जनाको मृत्यु भएको खबर पाए पनि आधिकारिक सूचना नआएको बताइएको छ।

भारतीय संचार माध्यमका अनुसार आइतबार राती २५/३० जनाको समूहमा डकैती गर्न गएका समूह र भारतीय सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो।

यसै क्रममा ति दुई जनाको ज्यान गएको हो। लुटेरा समूहले गोली प्रहार गरे पछि प्रहरीले पनि चोली चलाएको र गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी पनि गम्भीर घाइते भएको बताइएको छ।

असार १२, २०८० मंगलबार १२:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।