जिम्मेवारी बहन गर्न नसकेको आरोपमा उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

जिम्मेवारी बहन गर्न नसकेको आरोपमा उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

काठमाडौं : जिम्मेवारी बहन गर्न नसकेको भन्दै  नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका हुन्।

अधिकारीलाई राज्यले उडान सुरक्षामा चरम लापरबाही गरेको र उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको आरोप लगाउँदै ७ दिन भित्र मन्त्रालयमा स्पष्ट जवाफ पठाउन निर्देशन दिइएको छ।

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै कार्य क्षमता कमजोर रहेकोमा अधिकारीलाई स्पष्टीकरण सोधिएको बताइएको छ।

साथै उनलाई प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने सरकारको नीति विरुद्ध अभिव्यक्ति दिइएको आरोप पनि लगाइएको छ।

असार १२, २०८० मंगलबार १२:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।