रास्वपा र एमालेको अवरोधपछि संसद् बैठक स्थगित

रास्वपा र एमालेको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एमालेले आज (मंगलबार)को संसद् बैठक अवरुद्ध गरेका छन्। बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गर्ने निर्णय गरे। 

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागिएको भन्दै रास्वपा र एमालेले प्रतिनिधि सभा बैठक सुरू भए लगत्तै विरोध जनाएका हुन्।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न लागिएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो निर्णय फिर्ता नलिए संसद् अवरोध जारी राख्ने बताए।

त्यसैगरी एमाले सां‌सद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनुपर्ने र यसमा सभामुखले नै रूलिङ गर्नुपर्ने माग गरेका छन्।

असार १२, २०८० मंगलबार ११:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।