झापामा च्याउ टिप्ने क्रममा जंगली हात्तीले कुल्चिंदा एक जनाको मृत्यु

झापामा च्याउ टिप्ने क्रममा जंगली हात्तीले कुल्चिंदा एक जनाको मृत्यु

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भद्रपुर नगरपालिका–७ बस्ने  ५३ वर्षीय गिरेन कर्मकारलाई मंगलबार बिहान हल्दीबारी गाउँपालिका–२ स्थित चिया बगानमा जंगली हात्तीले आक्रमण गरेको हो।​​​​​​​

कर्मकारलाई महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

असार १२, २०८० मंगलबार ११:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।