'रामायण'मा हनुमान बनेका दारा सिंहका छोराको पनि आपत्तिः के सोचेर आदिपुरुष बनाए, मैले बुझ्न सकिनँ

'रामायण'मा हनुमान बनेका दारा सिंहका छोराको पनि आपत्तिः के सोचेर आदिपुरुष बनाए, मैले बुझ्न सकिनँ

प्रभास र ओम राउत अभिनित भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा परेको थियो।

धेरै कलाकारले फिल्मको कथा र पात्रको चित्रणप्रति असन्तुष्टि जनाएका छन्। रामानन्द सागरको ‘रामायण’ मा हनुमानको चरित्रलाई यादगार बनाउने दारा सिंहका छोरा विन्दु दारा सिंह पनि फिल्मबाट निकै निराश भएका छन्। 

फिल्मको कलेक्शन प्रभावित नहोस् भनेर उनले अहिलेसम्म यसबारे केही नबोलेको बताएका छन्। तर अब भने उनले फिल्मबारे प्रतिक्रिया दिएका छन्। 

विन्दुले भने, ‘के सोचेर यो फिल्म बनाएको हो थाहा छैन ? धेरै हास्यास्पद। बुझ्न सकिएन, निर्माताले के देखाउन र सिकाउन खोजेका हुन ?' 

यो फिल्मले मनोरञ्जन पनि दिन नसकेको उनले बताए। उनले भने, ‘यससँग जोडिएका व्यक्तिहरू मेरा साथी भएकाले मलाई केही भन्न पनि मन लागेको थिएन। तर उनीहरूले बनाएको सबै कृत्रिम देखिन्छ।'

उनले फिल्मको बक्स अफिस कलेक्सन पनि नक्कली भएको बताए। 

यसअघि पनि 'रामायण'का निर्माता तथा निर्देशक रामानन्द सागरका छोराले पनि फिल्मप्रति आपत्ति जनाइसकेका छन्। 
 

असार १२, २०८० मंगलबार ०८:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।