आज देशैभर पानी पर्ने, हावाहुरी र चट्याङबाट बच्न अनुरोध

आज देशैभर पानी पर्ने, हावाहुरी र चट्याङबाट बच्न अनुरोध

काठमाडौँः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशैभर वर्षाको सम्भावना रहेको छ। 

देशभर आज आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। 

अहिले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

आज कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जनाइएको छ। 

दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ। 

भारी वर्षा र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

असार १२, २०८० मंगलबार ०७:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।