स्वास्थ्य परीक्षणका लागि आरजु जापान गइन्, उनको स्वास्थ्यमा देखिएको समस्या के हो?

स्वास्थ्य परीक्षणका लागि आरजु जापान गइन्, उनको स्वास्थ्यमा देखिएको समस्या के हो?
अर्काइभ तस्बिर

काठमाडौँ : स्वास्थ्य अवस्थाको फलोअपका लागि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा जापान गएकी छिन्।

उनी सोमबार साँझ जापान गएकी हुन्। आरजु जेठ ३० गते देउवाको उपचारका लागि सँगै सिंगापुर गएकी थिइन्। उनी शुक्रवार नेपाल फर्केकी थिइन्।

आरजुले जापानमा गएर हिप जोइन्ट बदलेकी थिइन्। उनी त्यसकै फलोअपका लागि जापान गएको उनको परिवारिकस्रोतले जानकारी दिएको छ।

 

असार ११, २०८० सोमबार २२:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।