कफीसँग खान नहुने तीन खाद्य पदार्थ जसले नकारात्मक असर गर्न सक्छ

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जसले नकारात्मक असर गर्न सक्छ

काठमाडौँ : कफी खानु अहिले फेसन समान बनेको छ। अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ। सहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र गल्लीहरूमा बढेका कफी क्याफेको सङ्ख्याले पनि देखाउँछ नै।

तर केही यस्ता पदार्थहरू छन् जुन कफीसँगै नखाए राम्रो हुने जानकारहरू सुझाव दिन्छन्। यहाँ त्यहीबारे चर्चा गरिएको छ।

कफी र दुध

कफीका पारखीहरूमाझ अमेरिकानो भनिने कालो कफी लोकप्रिय छ। तर त्योसँगै क्यापिचिनो भनिने दुख हालेको कफी खाने पारखीहरू पनि नभएका हैनन्। तर सकेसम्म कफी कालै खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ।

विशेष गरी खाली पेटमै कफी खाने बानी छ भने दूधसहितको कफी लिँदा ग्यास्ट्रिकको समस्या बढ्न सक्छ। कफीमा रहने क्याफिनसँगै दूध खाँदा त्यसले शरीरमा क्याल्सियम सोस्ने शक्तीमा नकारात्मक प्रभाव पार्छ। त्यसले शरीरमा क्याल्सियमको मात्रा पनि कम हुन सक्छ।

कफी र फ्राई खाना

हुन त फ्राई गरिएका खाना शरीरका लागि त्यति लाभदायक हैनन्। अझ विशेष कफीसँगै फ्राई गरिएको खाद्य पदार्थ नखाए राम्रो। कफीसँगै फ्राई गरिएका खाद्य सामाग्री खाँदा कोलस्टोर बढाउन सक्छ।

कफी र मासु

कफीमा टेननेट्स नाम कम्पाउन्ड पाइन्छ जुन मिनरल्ससँग मिल्छ। मासुमा जिङ्कको राम्रो मात्रा पाइन्छ। यदि कफी र जिङ्क पाइने खाद्य पदार्थ सँगै खायो भने शरीरको जिङ्क सोस्ने क्षमतामा कमी आउन सक्छ। त्यसले नकारात्मक असर त पर्ने नै भयो।

 

 

असार ११, २०८० सोमबार २२:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।