ट्रकले ठक्कर दिँदा भारतका चर्चित युट्युब भ्लगर देवराज पटेलको मृत्यु

ट्रकले ठक्कर दिँदा भारतका चर्चित युट्युब भ्लगर देवराज पटेलको मृत्यु

भारत छत्तीसगढका चर्चित हास्य कलाकार तथा युट्युब भ्लगर देवराज पटेलको सडक दुर्घटनामा मृत्यु भएको छ।

सोमबार रायपुरमा कमेडी भिडियो खिच्न जाँदै गर्दा ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

पटेलको डायलग ‘दिल से बडा लगता है’ भारतभर भाइरल छ। उनको मृत्युपछि छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले ट्विट गर्दै पटेलको निधनमा शोक व्यक्त गरेका छन्। 

सोमबार भिडियो बनाउन जाँदै गर्दा रायपुरको लभण्डी क्षेत्रमा तीव्र गतिको ट्रकको ठक्करले उनलाई ठक्कर दिएको थियो। पटेलको घटनास्थलमै मृत्यु भएको हो। 

असार ११, २०८० सोमबार २१:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।