भारतमा टमाटरको मूल्यः प्रतिकिलो १०० रुपैयाँ

भारतमा टमाटरको मूल्यः प्रतिकिलो १०० रुपैयाँ

भारतका अधिकांश शहरहरूमा टमाटरको मूल्य प्रतिकिलो १०० रुपैयाँ नाघेको छ।

टमाटर थोक बजारमा प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। एक साताअघि थोक बजारमा टमाटर ३०-३५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको थियो। खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ४०-५० रुपैयाँ थियो। अर्थात् मूल्य झण्डै दोब्बर भएको छ। 

एक महिनाअघि अर्थात मे महिनामा उत्तर प्रदेश, महाराष्ट्रलगायत धेरै राज्यमा टमाटर प्रतिकिलो २ देखि ५ रुपैयाँमा बिक्री भइरहेको थियो। अर्थात् एक महिनामा टमाटरको मूल्य १९०० प्रतिशतले बढेको छ। 

दिल्लीमा टमाटर ७० देखि १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। मध्य प्रदेशको बजारमा टमाटर ८० देखि १०० रुपैयाँ, उत्तर प्रदेशमा ८० देखि १०० रुपैयाँ, राजस्थानमा ९० देखि ११० रुपैयाँ र पञ्जाबमा ६० देखि ८० रुपैयाँमा बिक्री भइरहेको भारतीय अनलाइन सञ्चारमाध्यमहरूले लेखेका छन्। 

असार ११, २०८० सोमबार २१:१२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।