लोकतान्त्रिक जनविश्वास पार्टी कार्यालयमा सकियो ‘दिमाग खराब’को सुटिङ
काठमाडौं : निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को छायांकन सकिएको छ।
सोमबार काठमाडौंमा फिल्मको इन्डक्ल्याप गरिएको निर्देशन बस्नेतले जानकारी गराए। उनले आफ्नो फिल्म निर्माण टोलीसँगको तस्बिर सेयर गर्दै सबैलाई धन्यवादसमेत दिएका छन्। उनीहरूले राखेको तस्बिरको पृष्ठभूमिमा ‘लोकतान्त्रिक जनविश्वास पार्टी’ लेखिएको छ।
यस्तै फिल्मकी नायिका स्वस्तिमा खड्काले पनि फिल्मको इन्डक्ल्याप भएको तस्बिर राख्दै सबै निर्माणमा सहयोग गर्ने सबै टिमलाई धन्यवाद दिएकी छन्। यसका साथै उनले श्रीमान् एवं फिल्मका निर्देशन बस्नेतसँगको तस्बिरसमेत सेयर गरेकी छन्।
जेठ ८ गते सोमबार काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा शुभ मुहूर्त गर्दै काभ्रेपलाञ्चोकबाट थालेको फिल्मले करिब १ महिनामा फिल्मको सुटिङ सकेको हो।
कात्तिक २४ गते प्रदर्शन मिति तोकेको फिल्मले सामान्य मान्छेको दृष्टिकोणबाट भनेको कथालाई फिल्ममा समेटेको निर्देशन बस्नेतले यसअघि नै बताएका थिए। जनता र शक्तिको कथामा बनेको फिल्ममार्फत निर्देशन बस्नेत ६ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्।
उनले यसअघि २०७४ मा ‘लुट २’ बनाएका थिए। त्यसअघि २०६९ मा ‘लुट’ बनाएका बस्नेतको यो तेस्रो फिल्म हो।
असार ११, २०८० सोमबार २०:३६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।