अमेरिकामा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु

अमेरिकामा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु

एजेन्सी : अमेरिकाको टेक्सासमा विमानको इन्जिनमा फसेर एक कर्मचारीको मृत्यु भएको छ। विमानको इन्जिनले कर्मचारीलाई भित्र तानेको बताइएको छ।

डेल्टा कम्पनीको यो यात्रुवाहक विमान विमानस्थलको गेटतर्फ आइरहेको थियो र त्यसको एउटा इन्जिन चलिरहेको थियो।

यो घटना सुरक्षा मापदण्डसँग सम्बन्धित नभएको तर दुर्घटना कसरी भयो भन्ने अझै स्पष्ट नभएको कम्पनीले जनाएको छ।

सरकारी निकाय राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। उनले घटनाको विवरण संकलन भइरहेको बताएको छ।

डेल्टाको सहायक कम्पनी युनिफाइ एभिएसनमा ग्राउन्ड स्टाफको रूपमा काम गर्ने यस कर्मचारीको नाम कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको छैन।

शुक्रबार, एयरबस ए३१९ लस एन्जलस एयरपोर्टबाट सान एन्टोनियो गएको थियो।

डेल्टाले एक विज्ञप्तिमा भन्यो, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले सञ्चालन वा सुरक्षा प्रावधान र नीतिहरूसँग सम्बन्धित कुनै समस्या नभएको देखाएको छ।’

कम्पनीका प्रवक्ताले आफूहरू दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारसँग समवेदना व्यक्त गरेका छन्।

असार ११, २०८० सोमबार १९:४३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।