सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई १ लाख क्षतिपूर्ति दिलाउन अदालतको आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई १ लाख क्षतिपूर्ति दिलाउन अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई अन्तरिम क्षतिपूर्ति दिलाउन आदेश दिएको छ।

न्यायाधीस प्रकाशप्रसाद पण्डितको इजलासले उपचार खर्चबापत १ लाख रूपैयाँ क्षतिपूर्ति सरकारी कोषबाट दिलाउन आदेश दिइएको हो।

अदालतले भने पिडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो। यसअघि गौशला २६ ले सन्दीपबाट एक मुष्ट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन्।

त्यसलाई भने अदालतले अस्वीकार गरेको थियो। अहिले अदालतको आदेश दिएको अन्तरिम क्षतिपूर्ति भने सरकारी कोषबाट भराउनुपर्ने हुन्छ।

असार ११, २०८० सोमबार १८:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।