गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

रोल्पा : गाईको बाच्छी काटेको अभियोगमा प्रहरीले आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा माडी गाउँपालिका–५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश विक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन्।

नरेश विकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार ११, २०८० सोमबार १७:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।